सुदूरपश्चिम सरकारले पूर्णता पाउने गरी सहमति : कसलाई कुन मन्त्रालय ?

बैतडी:

सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउने गरी सहमति भएको छ।

आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेस पार्टी उपसभापति पुर्णबहादुर खड्का, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, पार्टी संरक्षक रेशम चौधरी, नेकपा माओवादी प्रदेश संसदीय दलका नेता खगराज भट्ट र सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी सहभागी बैठकले यस्तो सहमति गरेको हो।

आजको सहमतिअनुसार प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय नागरिक उन्मुक्तिको पाउने भएको छ भने आन्तरिक मामिला तथा कानूनमन्त्रालय कांग्रेसले पाउने छ । कृषिमन्त्रालयमा ७ महिनादेखि मन्त्री छैनन् भने कानून मन्त्रालयमा मन्त्री पृथ्वी बहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि उक्त मन्त्रालय मन्त्रीबिहीन भएको थियो ।

नागरिक उन्मुक्ति पार्टीले यसअघि नै मुख्यमन्त्री शाहलाई मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीलाई शपथ गराउन पत्र पठाएको थियो ।

us dintal patan
Leave A Reply

Your email address will not be published.