बैतडी:
बैतडीको पाटन नगरपालिका-९ स्थित सिद्धेस्वर मावि हुक्केडाडाले सिकाइ उपलब्धि उपरिक्षण गरेको छ । पाटन नगरपालिका शिक्षा शाखा प्रतिनिधी बिर्खराज भट्टलाई आमन्त्रित गरि कक्षागत सिकाइ उपलब्धि परिक्षण गरिएको विद्यालयले जनाएको छ ।
शैक्षिक गुणस्तर सुधारको लागि सिकाइ उपलब्धि परिक्षण गरिएको विद्यालय व्यवसथापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताए । शैक्षिकसत्र २०७९ को एसर्ईइ परीक्षाको नतिजा सन्तोषजनक नआएको अवस्थामा गुणस्तरमा सुधार गर्नुपर्ने देखिएकाले सोही अनुसारका क्रियाकलाप गरिन लागिएको विद्यालय वयवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताए ।
कक्षा १० सम्म पठनपाठन भइरहेको उक्त विद्यालयमा श्रावण १५ गतेका दिन शिक्षा शाखा प्रतिनिधीको भट्टको रोहबरमा कक्षा कोठामा सिकाई उपलब्धि परिक्षण, १६ गतेका दिन आम अभिभावक माझ प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा समिक्षा र १७ गतेका दिन बिषयगत उपलब्धि सहितको परीक्षाफलको नतिजाको बिश्लेषण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाटले बताए ।
नतिजा विश्लेणबाट विद्यार्थीहरुमा देखिएको कमजोरी पहिल्याई सिकाई सुधारतर्फ जाने अपेक्षा गरिएको छ । पाठ्यक्रममा आधारित मूल्याकंनका साधन प्रयोग गर्दै विद्यार्थीहरुको सिकाइ उपलब्धिको मूल्याकंन गरिएको र सिकाईमा कमजोर भएका बालबालिकाहरुको सिकाईमा सुधार गर्नुका लागि बिषयगत शिक्षकहरुले कक्षाकोठामै प्रतिवद्धता लिएको पाटन नगरपालिका शिक्षा शाखा प्रतिनिधी बिर्खराज भट्टले बताए ।
कक्षा एक र दुईको नेपाली बिषयमा पठन, सुनाई, लेखाई र बोलाई सिपको मूल्याकंन गरिएको थियो । कक्षा एक अध्ययनरत विद्यार्थीहरु मध्ये १२ जान विद्यार्थीहरुलाई सोधिएका प्रश्नहरु बाट ४ जना विद्यार्थीलाई सुनाई सिप, ६ जनालाई पढाई सिप र ८ जनालाई लेखाई सिपको परिक्षण गरिएको थियो ।
कक्षा दुईमा अध्यनरत विद्यार्थीहरु मध्ये १६ जना विद्यार्थीहरु लाई सोधिएका प्रश्नहरुबाट ७ जना सुनाइ सिप ८ जना पढाई सिप ७ जना लेखाई सिपमा राम्रो देखिएको थियो ।
यस्तै कक्षा तिन गणीत बिषय क्षेत्र दुई संख्याको ज्ञान देवनागरिक, हिन्दु अरबिक संख्याकंन पद्धतीमा अक्षर र अंकमा लेखन पढन बाट मूल्याकंन गरिएको थियो ।
कक्षा चारमा अंग्रेजी पठन बोध र कक्षा पाचमा नेपाली शब्द भण्डारण, व्याकरणमा रहेक सिकाई उपलब्धि परिक्षण गरिएको विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद भट्टले बताए ।
कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरु मध्ये १० जना विद्यार्थीहरु लाई सोधिएका प्रश्नहरु बाट अंक र अक्षरमा लेख्ने पढनेमा ५ जना, बोलाईमा ६ जना, कक्षा चारमा अध्ययनरत विद्यार्थीहरु मध्ये १२ जना विद्यार्थीहरु लाई सोधिएका प्रश्नहरु बाट ६ जना पढाईमा, ४ जना लेखाईमा र कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरु मध्ये १८ जना विद्यार्थी लाई सोधिएको प्रश्नहरुमा ९ जना, शब्द भण्डारमा ७ जना व्यकरणमा राम्रा रहेका प्रधानाध्यापक भट्टले बताए ।