स्ववियु डडेल्धुराद्धारा अध्यापन अनुमति पत्र सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयोजना

डडेल्धुरा:

स्वतन्त्र विद्यार्थी युनियन, डडेल्धुरा बहुमुखी क्याम्पसले अध्यापन अनुमति पत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ।

बिहीबार एक कार्यक्रमकाबीच स्ववियुले अभिमुखिकरण कार्यक्रम गरेको हो।

क्याम्समा अध्ययनरत विद्यार्थीलाई अध्यापन अनुमति पत्र सम्बन्धीे जानकारी दिन अभिमुखिकरण कार्यक्रम गरिएको स्ववियू सभापति दुर्गा भट्टले जानकारी दिए।

दुई दिन अर्थात भोलीसम्म हुने कार्यक्रममा क्याम्पसकै प्रध्यापकहरूले विद्यार्थीलाई अभिमुखिकरण गरिरहेका छन्।

उनकाअनुसार यस कार्यक्रमले निमावि तह शिक्षक अनुमति पत्रको तयारी गरिरहेका विद्यार्थीलाई टेवा पुग्ने छ।

लामो समयको रस्साकस्सीपछि शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (लाइसेन्स) को लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले  प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा शिक्षण गर्न इच्छुक व्यक्तिहरूबाट योग्यता र शर्तको अधिनमा रही अध्यापन अनुमति पत्रको परीक्षामा सहभागी हुनको लागि अनलाईन दरखास्त आव्हान गरेको हो ।

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.