बैतडीः बैतडीमा एक महिलाले असाधारण शिशु जन्माएकी छिन् । जिल्लाको दोगडाकेदार गाउँपालिका—८ कालागाउँ माल्लेकी १७ वर्षिया सीमा लुहारले टाउँको तिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै भएको बालिका ( छाेरी) जन्माएकी हुन् ।
लुहारले कटौपानी स्वास्थ्य चौकी दोगडाकेदारमा बिहिबार बिहान यस्तो बच्चा जन्माएको अनमी रमिता जोशीले बताइन् । उनले भनीन्, ‘बच्चा जन्मिने मिति भन्दा एक हप्ता माथि जन्मिएको बच्चाको टाउको तिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै माथि गएको छ, थप उपचार आवश्यक छ हामीले सल्लाहा त दिइसकेका छौ।’
उनले थपीन् ,‘सीमाको बच्चाको जन्म जोखिमपुर्ण बै छ । सीमाको उमेर कम छ । उनी धेरै कमजोर भएकोले यस्तो बच्चा जन्मिएको हुनसक्छ । करिब दुई महिना अगाडी गर्भ जाँच गराउँदा बच्चाको अवस्था ठिकै थियो । गर्भमा रहँदा बच्चा एउटै ठाउँमा बसेकोले यस्तो भएको हुन सक्छ ।’
अनौठो बच्चा जन्मिएपछि स्थानीय समेत अचम्म परेका छन् । लुहारको आर्थिक अवस्था कमजोर छ । उनका श्रीमान भोला लुहार रोजगारीको सिलसिलामा भारत छन् ।
नवजात शिशुको थप उपचारका लागि हाडजोर्नी विशेषज्ञलाई देखाउनु पर्ने डा. गुणराज अवस्थीले बताए । उनले भने, ‘यो बच्चालाई समयमै हाडजोर्नी विशेषज्ञलाई देखाउन सल्लाह दिनुस। कम उमेरमा बिवाह गरि बच्चा जन्मेकाले यो समस्या भएको हो।’