बैतडी:
बैतडीको पाटन नगरपालिका -१ ले वडा स्तरीय परिक्षा सञ्चालन गर्ने भएको छ । बुधबार बसेको वडा स्तरीय शिक्षा समितिको बैठकले वडा स्तरिय परिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । वडा स्तरीय परिक्षा समितिले वडामा रहेका सामुदायिक विद्यालयहरुको नेतृत्व गर्दै प्रश्न पत्र सम्म निमार्ण गर्ने गरि वडा अध्यक्ष तर्कसिंह ठगुन्नाको नेतृत्वमा ७ सदस्यीय परिक्षा समिति गठन गरेको छ ।
सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर एकदमै खस्केको अवस्थामा रहेको र हरेक पक्षका दोष र कमी कमजोरी औल्याउदै समाधानको पक्षमा अघि बढ्ने उदेश्यले परिक्षा समिति गठन गरिएको वडा अध्यक्ष ठगुन्नाले बताए। समितिले वडामा रहेका १० ओटा विद्यालयका प्रश्न पत्र निमार्ण गर्ने र उत्तर पुस्तिका जाँच गराउदा फरक फरक विद्यालयमा गराउने छ ।
चैत २ गते भित्र प्रश्नपत्र तयार गरि विद्यालयमा पठाउने र ५ गतेबाट परिक्षा सञ्चालन गरिने अध्यक्ष ठगुन्नाले बताए ।
१ देखी ७ सम्म वडा स्तरिय ८ नगरस्तरिय र ९ कक्षाको वडा स्थरिय परिक्षा सञ्चालन गरिने उनले बताए ।