कञ्चनपुर: दुई जनाको शव भेटियो

धनगढी:

कञ्चनपुरमा दुई जनाको शव फेला परेको छ। शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकामा बिहीबार दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

शुक्लाफाँटा नगरपालिका–८ को धारापानीमा ४ वर्षीया बालिका पोखरीमा डुबेको अवस्थामा मृत भेटिएकी छन्। स्थानीय राजेश धामीकी ४ वर्षीया छोरी अनु धामी रहेको शव फेला परेको प्रहरीले जनाएको छ।

साँझ घर नजिकैको माछा पोखरीमा डुबेको अवस्थामा अनुको शव भेटिएको हो।

यसैगरी, कृष्णपुर नगरपालिका–२ बाणीस्थित बन्दा नदीको बगरमा ३५ वर्षीय पुरुषको शव भेटिएको छ। उनको भने परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.