७ बर्षबाट बन्ने लाटा कटारी मल्ल मन्दीर
बैतडी:
बैतडीको पाटन नगरपालिका-२ मा पर्ने एक मन्दिर निमार्ण अलपत्र जस्तै छ । नगरपालिकाको वडा नम्बर २ को केन्द्र मलोड़ा बजार नजिकै रहेको लाटा कटारी मल्ल मन्दीर निमार्ण ७ बर्षबाट नसकिएको स्थानीय प्रेमराम बिकले बताए ।
आफ्नो छुट्टै पहिचान र इतिहास बोकेको धार्मिक मन्दिर ७ बर्षसम्म निमार्ण नहुदाँ आफुलाई नराम्रो लागेको स्थानीय विकले बताए । आर्थिक बर्ष २०७९/८० को १ लाख बजेटले मन्दीरकै फिल्ड निमार्ण गरेको वडा अध्यक्ष महेश पन्तले जनाएको छ ।
फिल्ड अति आवश्यक भएकाले गत आर्थिक बर्षको बजेटबाट निमार्ण गरेको उनले बताए । यो बर्ष पाटन नगरपालिकाबाट ३ लाख र वडामार्फत १ लाख गरि ४ लाख बजेट मन्दिर निमार्णका लागि विनियोजन भएको नगर उपप्रमुख कमल सिह बोहराले (अपी) ले बताएका छन् ।
बजेट नभएपनि यो बर्ष बिदाका दिनहरु मिलाएर आफै निर्माण सम्पन्न गराउनमा लाग्ने स्थानीय हेमन्त ऐरको भनाई छ । एक मन्दीर निमार्ण गर्न ७ बर्ष लागेको भन्दै स्थानीय आक्रोशीत छन् ।