बैतडी:
बैतडीको पाटन नगरपालिका-६ मा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र पाटनको सार्वजनीक सुनुवाई तथा सामाजीक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र पाटनको हलमा स्थानीय सेवाग्राही, जनप्रतिनिधी, इलाका प्रहरीका प्रतिनिधी र स्वास्थ्य स्वंमसेवीकाहरुको उपस्थीतीमा सार्वजनीक सुनुवाईको आयोजना गरिएको हो ।
सुनुवाईमा स्वास्थ्य केन्द्र प्रमुख प्रेमसागर भट्टले संस्थाको गत आर्थिक बर्षको आय, व्यय प्रस्तुत गरेका थिए भने कार्यालयले गरेको डाटागत प्रगती प्रतिवेदन संस्थाका कर्मचारी इन्द्र बहादुर बिष्टले प्रस्तुत गरेका थिए । संस्थाको अगामी कार्ययोजनाबारे जानकारी अनमी पुष्पा महराले गराकी थिइन् ।
सहभागीले तथ्याङक प्रष्ट राख्नु पर्ने तथा गाउँघर क्लिनीकहरु नभएको ठाउँमा वडा कार्यालय तथा नगरपालिकाले छिटो निमार्ण गर्नु पर्ने माग राखेका छन् ।
साथै पाटन नगरपालिकाको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्रले डेँगु तथा किटजन्य रोगहरु सम्बन्धी जनचेतनामुलक कार्यक्रम समेत गरेको छ भने डेँगुबाट जोगाउन स्वास्थ्य स्वंमसेवीका मार्फत गाउँमा केही बिषादी बितरण गरेको स्वास्थ्य केन्द्र प्रमुख प्रेमसागर भट्टले बताए ।
दुई वटै कार्यक्रमको अध्यक्षता वडा नम्बर ६ का अध्यक्ष तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र बिष्टले गरेका थिए ।