पाटनमा करेन्टको जोखिम, मुख्य सडक किनारमै करेन्ट लागेर गोरु मर्यो

ललित बोहरा/बैतडी: 

बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ मा पर्ने केही ठाउँमा विद्युत करेन्टको जोखीम रहेको छ ।

शुक्रबार मुख्य सडक किनार चुचाईमोडमा पोल र नजिकैको तारमा प्रवाह भएको करेन्ट लागेर एक गोरुको मरेको स्थानीय व्यपारी अर्जुन महराले बताए ।

केही दिन अगाडीबाटै करेन्ट आइरहेको जानकारी विद्युत प्राधिकरण शाखा कार्यालय पाटनलाई दिएको भएपनि कुनै प्रतिक्रीया नदिदाँ शुक्रबार गोरु मरेको स्थानीयको आरोप छ ।

गोरु मरेको जानकारी बिद्युत कार्यालय पाटनलाई आएपछि कार्यालयबाट कर्मचारी खटाएर करेन्ट प्रवाह नहुने बनाएको शाखा प्रमुख हरिसिह भण्डारीले बताए । तर बजारको पोलमा अझै करेन्ट प्रवाह भइरहेको स्थानीय व्यपारी नरेश चन्दले बताएका छन् ।

विद्युतका कर्मचारीलाइ पटक पटक बनाई दिन आग्रह गरेपनि आनाकानी गरिरहेको व्यपारी चन्दले बताए ।

us dintal patan
Leave A Reply

Your email address will not be published.