बैतडीको दोगडाकेदारमा भिरबाट लडेर महिला गम्भीर
बैतडी:
बैतडीको दोगडाकेदारमा भिरबाट लडेर एक महिला घाइते भएकी छिन् । जिल्लाको दोगडाकेदार गाउँपालिका- ६ सित्तड बस्ने अन्दाजी ५० वर्षीय पार्वती लुहार भिरबाट लडेर गम्भीर घाइते भएकी हुन् ।
शनिबार दिउंसो गाउँ नजिकैको आठिखोला भन्ने ठाउँमा घाँस काट्न गएकी उनी भिरबाट लडेर घाइते भएकी वडाअध्यक्ष गोपाल सिंह कार्कीले जानकारी दिए । टाउको र पिठ्युमा गम्भीर चोट लागेको छ ।
घाइते पार्वतीको जिल्ला अस्पताल बैतडीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको वडाअध्यक्ष कार्कीले जानकारी दिए।