बैतडीमा एक प्रहरी हवलदारको मृत्यु

बैतडी: 

बैतडीमा एक प्रहरी हवलदारको मृत्यु भएको छ । जिल्लाको मेलैली नगरपालिकामा पर्ने सलेना प्रहरी चौकीमा कार्यरत नविन चौधरी रहेको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ ।

कैलाली घर भएका अन्दाजी ३२ वर्षीय प्रहरी सहायक हवल्दार नविन चौधरीको ड्युटीको क्रममा एक्कासी बाहोस भएर बिरामी परी निधन भएको हो ।

suv

‘आज दिउसो ड्युटीको क्रममा एक्कासी बेहोस भए, उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउदा डाक्टरले मृत्यु घोषणा गरे,’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.