बैतडी: तरुण दलको कार्यबाहक अध्यक्षको जिम्मेवारी भट्टलाई

बैतडी :

नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल बैतडीको कार्यबाहक अध्यक्षको जिम्मेवारी महेशदत्त भट्टलाई दिइएको छ । तरुण दल बैतडीका उपाध्यक्ष समेत रहेका भट्टलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी सुम्पेको तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्टले लेखेको पत्रमा उल्लेख गरिएको छ ।

तरुण दल बैतडीको झण्डा उचो राख्दै संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै भट्टलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको उल्लेख गरिएको छ । नेपाल तरुण दलको विधान २०१० परिच्छेद ८ को धारा ३५ को ३ (ख) बमोजिम अध्यक्षको जिम्मेवारी दिएको उल्लेख गरिएको छ ।

suv

यस्तै तरुण दल बैतडीको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी समेत कार्यबाहक अध्यक्ष भट्टको काँधमा आएको छ । नेपाल तरुण दलले गरेको निर्णय शिरोधार्य गर्दै संगठन निर्माणमा आफू डटेर लाग्ने कार्यबाहक अध्यक्ष महेशदत्त भट्टले बताए ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.