ललित बाेहरा-बैतडी: सडक डिभिजन बैतडी कार्यालय अगाडीकै कालोपत्रे सडक चिरा चिरा प्रकरणमा पाटनका युवा आक्राशित भएका छन् । इन्फोसमाचार डटकमले ‘सडक डिभिजन बैतडी कार्यालय अगाडीकै कालोपत्रे सडक चिरा चिरा’ शिर्षकको समाचार आईतबार बिहान १० बजे प्रकाशित देखेपछि युवाहरु आक्राशित हुदै सडक डिभिजन कार्यालय पुगेर थप सुचना मागेका छन् । आक्राशित युवाहरुले चिरा-चिरा भएको सडकको कालोपत्रे उप्काईदिएको पाटन नगरस्तरिय युवा सञ्जालका अध्यक्ष सञ्जु भण्डारीले बताए । युवाहरुले यो योजनामा गत आर्थिक बर्षमा भएको सम्पुर्ण खर्च विवरण समेत माग गरेको युवा निराजन पन्तले बताए ।
के थियो समस्या ?
सडक डिभिजन कार्यालय पाटन बैतडी अगाडी गरेको कालोपत्रे सडक एक महिनामै चिरा-चिरा भएको छ ।
गतआर्थिक बर्ष २०७९/८० को बजेटबाट कालोपत्रे गरिएको सडक एक महिना नपुग्दै चर्कीएको हो । पाटन नगरपालिका-६ मा कार्यालय रहेको सडक डिभिजनले आफ्नो कार्यालय भएकै ठाउँमा दिगो कालोपत्रे सडक बनाउन नसकेको स्थानीयको आरोप छ ।
वाल निमार्ण गरेर फराकिलो बनाउन कालोपत्रे बनाएको सडक कार्यालयले आफ्नौ अगाडीको अनुगमन तथा निरिक्षण गर्न नसकेकोले अन्य योजनाको के अवस्था होला भन्दै प्रश्न उठ्न थालेका छन् ?
सडक कालोपत्रे तथा वाल निमार्ण कैलाश निमार्ण सेवाले गरेको सडक डिभिजन कार्यालय बैतडीले जनाएको छ । कालोपत्रे सडक ठाउँ-ठाउँमा चर्केपछि निमार्ण कम्पनीले चर्केको लुकाउन खोजेको प्रष्ट देखिन्छ ।
के भन्छ सडक डिभिजन?
कालोपत्रे गरेको सडक एक महिनामै चिरा-चिरा भएको सडक डिभिजन कार्यालय पाटन बैतडीले स्वकार गरेकाे छ । डिभिजन प्रमुख इ.मुकुन्द प्रशाद लामीछानेले चर्केको ठाउँमा तुरुन मर्मत गर्न आदेश निमार्ण कम्पनीलाई दिइसकेको बताए ।
डिएलपी प्रेड एक बर्ष भएकाले कम्पनीले निमार्ण गर्ने उनको भनाई छ । उनले भने,‘डिएलपी प्रेड एक बर्षको हुन्छ त्यो समयमा ठेकेदार कम्पनीले भत्कीएको उप्कीएको सबै बनाउनु पर्छ । हामीले बनाउन भनी सकेका छौ।’
गुणस्तरिय काम नहुदाँ गाडी गुडाउन बनाएको सडक एक दिन गाडी नगुड्दै चर्केपछि गाडी सञ्चालक सडक डिभिजन कार्यालयसंग आक्रोशित छन् ।
पाटन-खोड्पे सडक खण्डमा समेत नयाँ गरेको कालोपत्रे उप्कीएको छ ।
ठाउँ-ठाउँमा सडक फराकीलो बनाउन मुडसुधार गरेपछि गरेको कालो पत्रे उप्कीएको हो । डिभिजन प्रमुख लामीछाने पाटन खोड्पे सडक खण्डको छिटै अनुगमन गर्ने बताए । उप्कीएको भेटीए ठेकेदार कम्पनीलाई काम गर्न पत्राचार गर्ने उनले बताए ।
सडक डिभिजन कार्यालयकै अगाडी एक महिनामै कालोपत्रेका चिरा-चिरा