उग्रतारा–मेलौली सडक थप कालोपत्रे गर्न साढे १६ करोड बजेट

डडेल्धुरा:

उग्रतारा–मेलौली सडक थप कालोपत्रे गर्न चालू आर्थिक वर्षमा साढे १६ करोड बजेट विनियोजन गरिएको छ । डडेल्धुराको उग्रतारा मन्दिरदेखि बैतडीको मेलौली हुँदै पञ्चेश्वर गाउँपालिकासम्म जोड्ने राजमार्गको थप ६ किलोमिटर सडक कालोपत्रे गर्नका लागि साढे १६ करोड विनियोजन गरिएको हो ।

संघीय सरकारले १५ करोड र प्रदेश सरकारले डेढ करोड उक्त सडक कालोपत्रेका लागि विनियोजन गरेको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ । गत वर्ष अजयमेरु गाउँपालिकाको वडा नम्बर १ बयलडाँडादेखि वडा नम्बर २ चमडा सम्मको १० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ठेक्का भएको कार्यालय प्रमुख नवराज रावलले बताए । १० किलोमिटर मध्ये ७ किलोमिटर कालोपत्रे भएको छ भने ३ किलोमिटर कालोपत्रे यो बर्ष गरिने उनले बताए ।

suv

यस्तै सो सडक अन्तर्गतको बसना गाडमा पुल निर्माणका लागि पनि एक करोड बजेट विनियोजन भएको छ । पुल निर्माणका लागि पनि चालू आर्थिक वर्षभित्रै ठेक्का हुने उनले बताए । यस्तै संघीय सरकारले १५ करोड बजेट विनियोजन गरेपछि सडक डिभिजन कार्यालय कुलपाते डोटीले चमडा अगाडिको सडक खण्डमा कालोपत्रे गर्ने भएको छ ।

कार्यालयका इन्जिनियर पदम पन्तका अनुसार चालू आर्थिक वर्षमा कुलपातेमार्फत कम्तिमा पनि ३ किलोमिटर सडक कालोपत्रे हुने भएको छ ।

उग्रतारा–मेलौली राजमार्गअन्तर्गत पहिलोपटक आर्थिक वर्ष २०७४÷०७५ मा अमरगढी नगरपालिका–७ रातागौनबाट अजयमेरु गाउँपालिका–१ बयलडाँडासम्म ८ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । गत वर्ष ७ किलोमिटर कालोपत्रे गरिएकोमा यस वर्ष थप ६ किलोमिटर कालोपत्रे हुने भएको हो ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.