बैतडी:
बैतडीमा ८३. ५ ग्राम सुन बेवारिसे अवस्था फेला परेको छ । काठमाण्डौबाट दार्चुलाका लागि आइरहेको सुपप्र ०२००१ ख १३०१ नम्बरको बसबाट छाडिएको सामानमा सुन आइतबार फेला परेको हो ।
जिल्लाको पाटन नगरपालिका ८ खोडपे प्रहरी चौकीको इन्ट्री पोष्टमा बसका स्टाफहरुले सामान छोडेको र उक्त सामानमा सुन फेला परेको इलाका प्रहरी पाटनले जनाएको छ । पाटन–८ का एक स्थानीयका आफन्तले काठामाण्डौबाट औषधी पठाएको बुझिएको छ । त्यो औषधी भनिएको वस्तु मध्येको एक प्याकेट खोलेर हेर्दा सुन भेटिएपछि प्रहरीले आफुसंगै राखेको बताएको छ ।
प्रहरीलाई शंका लागेपछि प्याकेट खोलीएको इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरिक्षक कमल प्रशाद चौधरीले बताए । सुन इलाका प्रहरी कार्यालय पाटनमा राखीएको उनले बताए ।
बिना बिलको सुन भेटिएकाले शंका लागेपछि बरामत गर्दै सुरक्षित राखिएको उनले बताए । दार्चुलाबाट एक व्यापारीले सुन आफ्नो रहेको र यसको बिल समेत रहेको जानकारी आफुलाई दिएको प्रहरीले बताएको छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।