दार्चुलामा ६ किलो चरेशसहित दुईजना पक्राउ

दार्चुला: 

दार्चुलामा ६ किलो चरेशसहित दुईजना पक्राउ परेका छन् । जिल्लाको शैल्यशिखर ३ कर्कलेबाट ६ किलो १०० ग्राम लागु
औषध जस्तो देखिने कालो पदार्थ चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको महाकाली नगरवालिका ४ खलंगा बस्ने बर्ष
६६ को मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका ४ सिप्टी बस्ने बर्ष ७० को गौर सिंह ठगुन्ना रहेका छन् ।

उनलाई सोमबार बिहान अन्दाजी १ बजेतिर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट खटिई गएको प्रहरी गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा निजहरू दुवै जनाले बोकेको झोलामा प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अबस्थामा उक्त पदार्थ
फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

Leave A Reply

Your email address will not be published.