फोहोर व्यवस्थापनको माग राख्दै स्थानीयद्धारा अमरगढी नगरपालिका घेराउ

जिल्ला सदरमुकाममा प्रदर्शन

डडेल्धुरा:

जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै स्थानीय आन्दोलित भएका छन् । नगरपालिकाको वडा नम्बर १ मालमका स्थानीय आन्दोलित भएका हुन् । नगरपालिकाले ७ महिनादेखि आफ्नो गाउँ नजिकै डम्पिङ साइट बनाएर फोहोर फाल्दै आएका कारण आन्दोलनमा उत्रिनुपरेको स्थानीय बासिन्दाले बताएका छन् ।

सोमबार उनीहरुले अमरगढी नगरपालिकाविरुद्व जिल्ला सदरमुकाममा प्रदर्शन गरेका छन् । यस्तै उनीहरुले फोहोर व्यवस्थापनको मागसहित नारावाजी गर्दै नगरपालिका घेराउ गरेका छन् ।

आइतबार मात्रै ९ दिनको अल्टिमेटमसहित नगरपालिकालाई ज्ञापनपत्र बुझाइएको थियो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायलाई बुझाइएको ज्ञापन पत्रमा ७ दिनभित्र उक्त क्षेत्रमा फोहर फाल्न रोकिनुपर्ने, फोहर फाल्न नरोकिए संघर्षका कार्यक्रमहरु गर्ने, उक्त क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाइनुपर्ने लगायतका माग राखिएको थियो । ज्ञापनपत्र बुझ्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले फोहर व्यवस्थापनका लागि पहल भइरहेको बताएका थिए ।

अमरगढी नगरपालिकाले अहिले सदरमुकाम नजिकै रहेको मालम दोबाटाको सडक छेउमै फोहोर फाल्दै आएको छ । फोहोर व्यवस्थापन केन्द्र बनाउने योजना भए पनि नगरपालिकाले जग्गा नपाइएको बताउँदै आएको छ ।

us dintal patan
Leave A Reply

Your email address will not be published.