बैतडी:
बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ ले विद्यालयमा अभिभावक उपस्थितिको कार्ड वितरण गरिएको छ । विद्यालयका कार्यक्रममा अविभावकहरुको उपस्थिति भए नभएको रेकर्ड राख्नको लागि कार्ड वितरण गरिएको वडा अध्यक्ष कालुसिह भाटले बताए ।
शिक्षण सिकाई प्रभावकारी बनाउनको लागि अविभावकहरुको पनि विद्यालयमा उपस्थित हुनुपर्ने भएकाले आफ्ना बालबालिकाको शिक्षण सिकाईको अवथा बुझ्न विद्यालयमा बेलाबेला उपस्थिति हुनुपर्ने र सोको विवरण कार्डमा उल्लेख गनुपर्ने अध्यक्ष भाटले बताए ।
वडा नम्बर ९ मा ४ वटा सामुदायिक विद्यालय रहेका छन् । वडा अध्यक्ष भाटको संयोजकत्वमा सम्पन्न एक अन्तरक्रिया कार्यक्रम तथा कार्ड वितरणमा जिल्ला समन्वय समितिका उपप्रमुख दमन बहादुर कुवँर प्रमुख अतिथि रहनु भएको थियो ।
यसैगरी पाटन नगरपालिकाका शिक्षा शाखा प्रतिनिधी बिर्खराज भट्ट, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारी लगायत वडाका चार वटै विद्यालयका शिक्षक, विव्यसका पदाधिकारी, शिक्षक अभिभावक स समितिका पदाधिकारी र शिक्षासँग सरोकार राख्ने प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
वडा नम्बर ९ ले शैक्षिक गुणस्तर बढाउन नयाँ नयाँ विधिहरु अवलमन गरिरहेको जिल्ला समन्वय समिति तथा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिह भाटले बताए ।
शिक्षण सिकाई अभिवृद्धिका लागि शिक्षक, विद्यार्थी, अविभावक तथा जनप्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम पनि शोमबार सम्पन्न गरेको उनले बताए । शिक्षण सिकाई अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रम गरिएको हो । सबै पक्षले जिम्मेवार बन्नुपर्ने धारणा अनुरुप अन्तरक्रिया कार्यक्रम गरिएको उनको भनाई छ ।