डडेल्धुरा अस्पताल: निमित्त मेसुको जिम्मेवारी डा. गुप्तालाइ

डडेल्धुरा:

सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहत रहेको एकमात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पतालको रूपमा सञ्चालित डडेल्धुरा अस्पतालले नयाँ निमित्त मेडिकल सुपरिटेन्डेन्ट पाएको छ।

विशेषज्ञ डाक्टर सन्तोष गुप्ताका रूपमा अस्पतालले नयाँ मेसु पाएको हो। गुप्ता आएसँगै अस्पतालले लामो समयपछि दरबन्दीमै विशेषज्ञ डाक्टर पाएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए।

जेठ पहिलो साता नवौं तहमा बढुवा भएका डा. गुप्ताको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा अस्पतालमा पदस्थापन गरेपछि सोमबार उनी अस्पतालमा हाजिर भएका छन्। गुप्ता बालरोग विशेषज्ञ डाक्टर हुन्।

यसअघि अस्तापलको निमित्त मेसु आठौँ तहका डा. चेतराज भट्ट थिए। नवौं तहका गुप्ता आएसँगै अब उनी नै मेसु बनेका हुन्। डा. गुप्ताले यसअघि पनि यस अस्पतालमा काम गरिसकेका थिए।

सोमबार अस्पतालमा आयोजित स्वागत कार्यक्रममा डा. गुप्ताले डडेल्धुरा अस्पताल विशिष्ट विशेषज्ञ अस्पताल रहेको उल्लेख गर्दै सोहीअनुसार सेवा प्रदान गर्ने बताए। उनले अस्पतालले दिने सेवालाई सुधार गर्ने आफ्नो योजना रहेको सुनाए।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.