भिमदत्त राजमार्गमा पहिरोले अवरुद्ध, सात जिल्लाको सडक बन्द

ललित बोहरा
बैतडी: 

पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। कैलालीको गोदावरी नगरपालिकाको बुढीतोला र खानीडाँडा क्षेत्रमा सोमबार राति पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।

राजमार्ग माथिबाट पहिरो जानुका साथै सडक भएको जमिन नै भास्सिएको छ। जसका कारण धेरै ठाउँमा सडक भत्किएको छ।

पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रबीच सम्पर्क विच्छेद भएको छ। पहिरोले राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।

सुदूरपश्चिमका पहाडी जिल्ला डडेलधुरा, अछाम, डोटी, बाजुरा, बैतडी, बझाङ र दार्चुला आउने र पहाडबाट तराईका जिल्ला कैलाली, कञ्चपुर र काठमाडौं जाने यातायातका सधान बाटोमै रोकिएका छन्।

पहाडी क्षेत्रबाट आएका सवारीका साधनहरुलाई कैलालीको खानीडाँडामा रोकिएको छ। यस्तै, तराईबाट पहाडी क्षेत्रका लागि हिँडेका सवारीका साधनहरु गोदावरीमा रोकिएका छन्।

पहिरोका कारण अलपत्र परेका यात्रु नरेन्द्र भण्डारीले सडक खोल्न धेरै समय लाग्ने देखिएको बताए। सडक अवरुद्ध भएका कारण हजारौं यात्रु अलपत्र परेको उनको भनाइ छ।

सडक डिभिजन कार्यालय कञ्चनपुरले जेसीबीको प्रयोग गरेर पहिरो पन्छाउने तथा सडक खोल्ने कार्य अगाडि बढाइएको जनाएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!