बैतडी:
नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति सदस्यमा बैतडीका ९ र डडेल्धुराबाट ८ जना मनोनित भएका छन् । दुजाङ शेर्पाको अध्यक्षतामा गठन भएको केन्द्रीय तदर्थ समितिमा बैतडीका ९ र डडेल्धुराबाट ८ जना मनोनित भएका हुन् ।
७१० सदस्यीय केन्द्रीय तदर्थ समितिमा देशैभरीबाट सदस्यहरु मनोनित भएका छन् । बैतडीबाट कपील केसी,नरेश बिष्ट, केशव जोशी, रामचन्द्र बोहरा, एनपी जोशी, दिनेश नेपाली, केशवबहादुर क्षेत्री, दिपेन्द्र ढुंगाल र रिजन मडै मनोनित भएका नेपाल विद्यार्थी संघले जनाएको छ ।
डडेल्धुराबाट ८ सदस्य मनोनीत भएका छन्। डडेल्धुराबाट जगत ऐर, राजेन्द्र साउद, विजय फुलारा, पदम ठकुराठी, राजन भण्डारी, मनिष ऐरी, भुवन भट्ट र निरज जोरा मनोनीत भएका हुन्।