सिंचाई डिभिजनले निमार्ण गरेको पर्खाल दुई महिनामै भत्कियो, पुनः निमार्णको तयारी

सडक बन्द, घर जोखिमा

ललित बोहरा/पाटन:

जलस्रोत तथा सिंचाई विकास डिभिजन बैतडीले पाटन नगरपालिका-६ तोलिगडामा निमार्ण गरेको पर्खाल दुई महिनामै भत्किएको छ । जेठमा निमार्ण सम्पन्न भएको पर्खाल शुक्रबार भत्किएको सेवाग्राही राम भट्टराईले बताए ।

उनले भने, ‘दुई महिना भयो बनाउने बेला कसल नै बनाएको थियो ढुंगा हालेर बनाउनु पर्ने मोटो बढी भरेर बनायो अनि बालुवा पनि तेसै थियो।’

गुण्स्तरिय पर्खाल निमार्ण नहुदाँ भत्किएको स्थानीयको आरोप छ । पर्खाल भत्किएपछि पाटन नगरपालिका दुई जाने सडक बन्द भएको छ भने दुई घर पहिरोको  जोखिममा परेका छन् ।

सुदूरपश्चिम प्रदेश भौतीक पूर्वाधार मन्त्रालय अन्तगतको जलस्रोत तथा सिंचाई विकास डिभिजन बैतडीको करिब ६ लाखमा पर्खाल निमार्ण गरेको ठेकेदार कम्पनी चक्र निर्माण सेवाका संचालक चक्र बहादुर चन्दले बताए । उनले भने, ‘६ लाख सिँचाईले भुक्तानी दिएको छ, अहिले पानी लगातार भयो त्यसैले भत्कीएको छ, पुनः निमार्ण गर्न भनीसकेको छु।’

पर्खाल निमार्ण गर्दा कुनै कमजोरी नभएको दाबी गरे ।  आपतकालिन बजेटबाट निमार्ण भएको पर्खाल भत्किएको सुचना पाएपछि ठेकेदार कम्पनीलाई पुनः निमार्णका लागि पत्राचार भइसकेको जलस्रोत तथा सिंचाई विकास डिभिजन बैतडीका प्रमुख शंदिप डंगोलले बताए ।

उनले भने, ‘घर जोखीम भयो भनेर हामीले इर्मजेन्सी बजेटबाट काम गरिएको हो, लेबल नमिलेर केही भाग भत्कीएको छ, पुन निमार्ण गर्ने भनेको छौ पानी बन्द भएपछि ठेकेदार कम्पनीले निमार्ण गर्छ । ‘

बर्षाका कारणले पर्खाल भत्किएको र बर्षा रोकिएर काम गर्ने वातावरण बन्ने बित्तिकै पुन निर्माण गरिने उनको दाबी छ ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.