ललित बोहरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाले सापेक्षीक रुपमा टाढा रहेको वडाहरुबाट एम्बुलेन्स सेवा सुरु गरेको छ । गाउँपालिका केन्द्र तथा बिशेषज्ञ स्वास्थ्य सेवाबाट टाढा रहेका वडा नम्बर ५ र ६का नागरिकका लागि चुनावमा वाचा गरे अनुसार २४ घण्टा एम्बुलेन्स सेवा सुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्ट र उपाध्यक्ष बसन्ती पालले बिहीबार एक औपचारीक कार्यक्रमका बिच एम्बुलेन्स सेवाको उद्घाटन गरेका छन् ।
उद्घाटनमा बोल्दै अध्यक्ष भट्टले आफुले चुनावकै समयमा सापेक्षीत रुपमा टाढा रहेका वडा ५ र ६ का लागि एम्बुलेन्स सेवा सुरु गर्ने वाचा गरेको थिए । त्यो पुरा गरेको बताए । उनले भने, अजयमेरु गापाको सापेक्षित रुपमा टाढा रहेका वार्डहरु वडा नम्बर ५ र ६ का जनसमुदायको सुविधाको लागि आज ट देवल स्वास्थ्य चौकिबाट एम्बुलेन्स सेवा प्रारम्भ गरेका छौ , चुवनावी बाचा एक एक गरि पुरौ गर्दै जाने छौ ।
जिल्ला सदरमुकाम तथा टाढाको स्वास्थ्य संस्थाहरुमा बिरामी लैजान छिटो छरितो तथा सहज भएपछि त्यहाँका नागरिक हर्षित भएको स्थानीय नरेन्द्र बहादुर पालले बताए । गाउँपालिकाको केन्द्र भद्रपुरबाट अर्को एम्बुलेस सेवा सञ्चालनमा रहेको छ ।
एम्बुलेन्स चाहिएमा 9848776264,9817732569 नम्बरमा सम्र्पक गर्न अजयमेरु गाउँपालिकाले अनुरोध समेत गरेको छ।