शिवलिङ्ग आधारभूत विद्यालय जिर्ण :’कक्षा-आठ-कोठा चार’ बिद्यार्थी दुई सय !

ललित बोहरा/पाटन:

हावाहुरीले उडाएको छानो मर्मत नहुँदा बैतडीको एक विद्यालयका बालबालिकाहरुलाई पठनपाठनमा समस्या भएको छ । जिल्लाको सिगास गाउँपालिका-७ स्थित शिवलिंग आधारभूत विद्यालय भवनको छानो मर्मत नहुँदा र भवन अभावले पठनपाठनमा समस्या भएको बताइएको छ ।

विद्यालय भवनको छानो उडाएको ३ बर्ष भइसक्दा समेत मर्मत हुन सकेको छैन् । कक्षा ८ सम्मको पढाई हुने विद्यालयमा अहिले ४ कोठाको एकमात्रै भवन रहेको स्थानीय सूर्यबहादुर बोहराले बताए । उनले भने, जिर्ण भवनहरुबाट विद्यालयले सेवा दिइरहेको छ तर बिद्यार्थीको ज्यान जोखीममा छ,

४ कोठाको भवनमा एक विद्यालयको कार्यालय, एक कोठामा स्टोर र दुईकोठामा मात्रै विद्यार्थीहरुले बस्न पाएका छन् ।विद्यालय भवन मर्मत नहुँदा बालबालिकाहरुलाई पठनपाठनका लागि निकै समस्या भएको छ । यो बिषयमा गाउँपालिकाको समेत ध्यानाकर्षण गराएको भएपनि भवन मर्मत हुन नसकेको बोहराले बताए । स्थानीय सरकार, प्रदेश र संघ सरकारलाई भवनका माग गरिएको भएपनि भवन निमार्णमा कुनै निकायले चासो नदिएको वडा अध्यक्ष कर्ण बहादुर साउँदले बताए ।

 

us dintal patan
Leave A Reply

Your email address will not be published.