कैलालीमा बाढीले बगाएर १ जनाको मृत्यु

धनगढी:

कैलालीमा बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै खुटिया खोलामा आएको बाढीले बगाएर १ जनाको मृत्यु भएको हो।

sanke

मृत्यु हुनेमा गोदावरी नगरपालिका–९ धनचौरी बस्ने ४० वर्षीय रत्न प्रसाद भट्टराई छन्। भट्टराई साउन बुधबार खुटिया खोलामा दाउरा निकाल्न भन्दै गएका थिए। दाउरा निकाल्न गएका बेला उनलाई खोलामा आएको बाढीले बगाएको थियो।

बाढीले बगाउँदा बेपत्ता भएका भट्टराई बिहीबार मृत फेला परेका हुन्। बुधबार उनलाई पानी जमेको खल्लामा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.