अछाम: अरिङ्गालको टोकाइबाट एकजनाको मृत्यु

अछाम:

अछाममा अरिंगालको टोकेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको साँफेबगर नगरपालिका- ८ चण्डिका काटै निवासी ७२ बर्षिय टेक बहादुर कुँवरको मृत्यु भएको हो ।

कुँवर बिहीबार बाख्रा चराउन जंगल गएका बेला मौरिडाडा भन्ने ठाउमा अरिंगालले टोकेको थियो । अरिंगालको टोकाइबाट गम्भीर घाइते भएका उनको बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.