योजना तर्जुमाको प्रक्रिया थाल्दै भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडी

बैतडी:

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीले अगामी आर्थिक बर्षका लागि योजना तर्जुमाको प्रक्रिया थालेको छ । जिल्लाको पाटनमा बिहीबार स्थानीय तहका पशु सेवा प्रमुख, प्राविधीक, सरोकारवालासंगको योजना तर्जुमा गोष्ठी आयोजना गरेको छ ।

सुदुरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत पर्ने पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायल, डोटीका डा.बसन्त बहादुर सिंहको अध्यक्षतमा सम्पन्न गोष्ठीमा प्रमुख अतिथी जिल्ला समन्वय समिती प्रमुख खगेन्द्र धामी, विशिष्ट अतिथीमा उपप्रमुुख दनम कुवँर, पाटन नगरपालिका नगरप्रमुख गौरीसिह रावल, उपप्रमुख कमलसिह बोहरा रहेका थिए ।

गोष्ठीमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायल,डोटी डा।बसन्त बहादुर सिंहले स्थानीय तह तथा वडा, पालिका र जिल्लाबाट सिफारीस भएका योजना छनोट नहुनु दुःखद रहेका बताए । उनले भने, योजना छनोट तलबाट हुनुपर्छ, नकि माथिका जनप्रतिनिधीले मनपरी गर्ने हाईन् ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीका प्रमुख गुमानी पन्तले चालु आर्थिक बर्षको अहिलेसम्म गरेका भौतीक तथा वित्तीय प्रगती प्रस्तुत गरेका छन् ।

उनले समस्या नै नभएको ठाउँमा तोकीएर योजना आउने बिषयलाई अब सुधार गर्ने बताए । गोष्ठीमा सहभागीहरुले योजनाहरु खरिद बिक्री नगर्ने पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायल,डोटीका डा.बसन्त बहादुर सिंह मार्फत प्रदेश सरकारलाई सचेत गराएका छन् ।
गोष्ठीमा १० वटै पालिकाका पशुसेवा केन्द्रका प्रमुख र प्राविधीकहरुको उपस्तीथि रहेका थियो ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!