धनगढीको गर्भपतन प्रकरण: एक जना पक्राउ, एक फरार

धनगढी:

गर्भपतन गर्ने औषधी खाएर महिलाको मृत्यु भएको घटनामा प्रहरी एक युवकलाई पक्राउ गरिएको जनाएको छ। मेरी स्टोप सामुदायिक क्लिनिकका सञ्चालक समेत रहेका २५ वर्षीय विनोदमणि जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए। उनका अनुसार सोही घटनामा उनकी पत्नीसमेत रहेकी २२ वर्षीया आयुशा ओझा भने फरार रहेकी छन्।

हिजो (बिहीबार) जथाभावी गर्भपतन गर्ने औषधी खुवाएर धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको मृत्यु भएको भन्दै पीडित पक्षले आज प्रहरी कार्यालय अगाडी प्रर्दशन समेत गरेका थिए। यस्तै उनीहरुले जाहेरी समेत दिएको बताइएको छ।

जोशी दम्पतिले चलाएको क्लिनिकका कारण थापाको ज्यान गएको आरोप लागेको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!