अजयमेरु गाउँपालिकाद्धारा सहिद परिवारलाई सम्मान

ds new

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ । विभिन्न संघर्ष एवं परिवर्तनका आन्दोलनमा गाउँपालिका क्षेत्रबाट सरिक हुने क्रममा सहिद भएका चार जनाको परिवारलाई पालिकाले सम्मान गरेको हो । एक औपचारी कार्यक्रमका बिच गाउँपालिकामा रहेका चार सहिदलाई ३२ इन्ची टिभि, सम्मान पत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उमेशप्रशाद भट्ट (विकाश)ले बताए ।

गाउँपाकिाले सहिद सम्मान कार्यक्रमलाई निरन्तरता दिएका हौं,’ उनले भने, ‘त्यस्ता परिवारको योगदानकै कारण प्राप्त व्यवस्थाका कारण ३ तहको सरकार बनेको छ । यस्तो अवस्थामा परिवारको सम्मान गर्नू स्थानीय सरकारको कर्तव्य हो ।’

us dintal patan

सहिद परिवारका सदस्यलाई अन्य कार्यक्रमहरुमा पनि प्रोत्साहन गाउँपालिको गर्ने गरेको छ । अध्यक्ष भट्टले भने, ‘गाउँपालिकाभित्रका सबै सहिदा परिवारलाई हामीले संरक्षण र प्रोत्साहन गर्छौं ।’

सम्मानपछि बोल्दै सहिद परिवारका तर्फबाट सहिद गौतम बोहराका परिवारका सदस्य माया बोहराले सहिद भएकाको परिवारलाई पालिकाले सम्मान गरेकोमा खुसी व्यक्त गरिन् । आर्थिक बर्ष २०७९/८० को बार्षीक स्विकृत कार्यक्रम अनुसार सहिद सम्मान गरिएको र चालु आर्थिक बर्षमा पनि सहिद सम्मान कार्यक्रम राखेको गाउँपालिका उपाध्यक्ष बसन्ती पालले बताए । अजयमेरु गाउँपालिका अध्यक्ष भट्ट सहिद परिवारका सदस्य पनि हुन ।

Leave A Reply

Your email address will not be published.