युवा दिवसको अवसरमा पाटनमा बक्तृत्वकला प्रतियोगिता : प्रथम भए ठगुन्ना

बैतडी :

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पाटन नगरपालिकामा आयोजित बक्तृत्वकला प्रतियोगिताको पाटन नगरपालिका-५ का दिलेन्द्र सिंह ठगुन्ना प्रथम भएका छन् ।

पाटन नगरपाकिाल र युवालय संस्थाको सहयोगमा नगर युवा सञ्जालले आयोजना गरेको बक्तृत्वकला प्रतियोगिता ठगुन्ना प्रथम भएको छन् ।

बक्तृत्वकला प्रतियोगितामा द्धितीय पाटन नगरपालिका ३ का जयमन्ती अवस्थी, तृतीय पशुपति पाण्डेयले हासिल गरेका छन् । प्रथम, द्धितीय, तृतीयले क्रःमस दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय नगदसहित प्रमाण पत्र प्राप्त गरेको नगर स्तरिय युवा सञ्जालका सचिव निराजन पन्तले बताए ।

दिगो विकाश लक्ष्य प्राप्तीमा युवाको साथ : नवप्रवर्तन र उद्यमशीलतामा हरित सीप विकास बिषयमा ९ वटै वडाका १६ जना सहभागी युवाले बक्तृत्वकला प्रतियोगिता आफ्नो विचार व्यक्त गरेका थिए ।

नगरयुवा सञ्जालका अध्यक्ष सन्जु भण्डारीको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी पाटन नगरपालिका नगरप्रमुख गौरीसिह रावल रहेका थिए । उनले मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा युवाहरुको सक्रिय सहभागिता हुन पर्ने बताए।

नगरपालिका अगामी दिनमा युवा लक्षित बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कृषि तथा उत्पादनमूलक क्षेत्र र श्रम क्षेत्रमा पनि युवाहरुको उपस्थिति ठूलो छ । अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको खोजीका लागि धेरै युवाहरु शहर केन्द्रित मात्र होइन विदेश पलायन भएको यथार्थता हाम्रो सामु टड्कारो रुपमा रहेका सहभागीहरुले प्रस्तुत गरेका थिए ।

बक्तृत्वकला प्रतियोगिता भन्दा पहिले पाटनमा युवाहरुको सहभागितामा ¥याली कार्यक्रम गरिएको थियाे । पाटन युवा सञ्जालको आयोजना तथा पाटन नगरपालिका र वाम युवालयको सहयोगमा ¥यालीको आयोजना गरिएको युवा प्रतिनिधि सन्तोष जोशीले जानकारी दिए ।

us dintal patan
Leave A Reply

Your email address will not be published.