बैतडी:
बैतडीको पाटन नगरपालिकाले कृषी तथा पशुपन्क्षीको बिमा गराउन प्ररित गर्ने थालेको छ । कृषी तथा पशुपन्क्षीको बिमा तर्फ प्ररित गराउने उद्देश्यले बिहीबार पाटन नगरपालिकामा अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरेको छ ।
नगरपालिकाको कृषी शाखाद्धारा आयोजना कार्यक्रम नगरप्रमुख गौरीसिह रावलको अध्यक्षतामा सम्पन्न भएको शाखा प्रमुख महेश अवस्थीले बताए । कार्यक्रममा नगर प्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, कृषक तथा सरोकारवालाहरुको उपस्थीती रहेको थियो ।
बैतडीमा कृषी तथा पशुपन्छी बिमा गर्ने नेपाल एन्सोरेन्सका प्रतिनिधीले बिमा गर्ने प्रक्रियाको बारेमा सहभागीहरुलाई जनकारी गराएका थिए ।