डडेल्धुराकाे एक पसलमा छापा : चरेशसहित एकजना पक्राउ

डडेल्धुरा:

प्रहरीले डडेल्धुराको सदरमुकामबाट चरेशसहित एक जनालाई पक्राउ गरेको छ। सोमबार साँझ अमरगढी नगरपालिका–४ खलङ्गाबाट १६.१२ ग्राम चरेशसहित सोही ठाँउका ४० वर्षीय रामबहादुर पुन पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा पुनको पसलमा छापा मार्दा चरेश भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले चरेशसहित पुनलाई नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको बताइएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.