अमृता मृत्यु प्रकरण : हत्या आशंकामा एक जना पक्राउ

डडेल्धुरा:

डडेल्धुराको परशुरामकी अमृता राउटेको हत्या आशंकामा एक जना पक्राउ परेका छन्।

जिल्लाको परशुराम नगरपालिका १२ आमपानि बस्ने १४ बर्षिया बालिका अमृता घर नजिकैको रंगुन खोलामा बुधबार मृत फेला परेकी थिइन्। मंगलबार दिउसो अन्य साथिहरुसंगै माछा मार्न भनि खोलामा गएकी अमृता अबेर सम्म घर नआउदा खोजिकार्य गरिएको थियो ।

उनीसंगै माछा मार्न गएका अन्य समयमै घर आएका थिए । तर एकजना बालक मृतक अमृतासंग खोलामा अन्तिम समयसम्म सम्पर्कमा रहेका थिए । जसलाई हामीले नियन्त्रणमा लिएका छौ। नियन्त्रण गरिएका व्यक्ति पनि नाबालक भएकाले उनको परिचय गोप्य राखिएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगा दत्त बडुले बताए । पक्राउ पर्नेमा राउटे सामुदायकै रहेको बडुले बताए। प्रहरीले शब पस्टमार्टम गरेर आफन्तको जिम्मा लगाईसकेको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!