पाटन:
महलक्ष्मी विकास बैंक पाटन शाखाले पाटन नगरपालिका १ मा पर्ने श्री कैलाश आधारभुत विद्यालय डैसिलीलाई आवश्यक सामाग्री हस्तान्तरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बैंकले विद्यालयलाई आवश्यक समाग्री हस्तान्तरण गरिएको हो ।
शुक्रबार विद्यालयमा एक औपचारी कार्यक्रमको आयोजना गरेर १ थान स्टिल दराज, ७ वटा प्लास्टिक कुर्सी ३ वटा ह्वाइट् बोर्ड हस्तान्तरण गरेको पाटन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तर्क सिंह ठगुन्नाले जानकारी दिए ।
प्रत्येक बर्ष संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विभिन्न संस्थाहरुलाई आवश्यक समाग्री वितरण गर्दै आएको महालक्ष्मी विकास बैंक पाटन शाखाले यो बर्ष कैलाश आविलाई आवश्यक समाग्री वितरण गरेको महालक्ष्मि विकास बैंक पाटन शाखाका प्रमुख बिजय साहाले बताए ।