वयलचौरामा प्रहरी चौकीको माग गर्दै नेताहरु पुगे गृह मन्त्रालय

बैतडी: बैतडीको पाटन नगरपालिका-१ वयलचौरामा प्रहरी चौकी स्थापनाको माग गर्दै यहाँका नेताहरु गृह मन्त्रालय पुगेका छन् ।

वयलचौरामा प्रहरी चौकी स्थापनाका लागि नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई यहाँका नेताहरुले भेटर माग गरेको नेकपा माओवादी केन्द्रका बैतडी संयोजक शंकर भण्डारीले बताए ।

वडा नम्बर ७ र १ को पायक पर्ने स्थान वयलचौरामा प्रहरी चौकी स्थापनाका लाथि पाटन नगरपालिका कार्यपालिकाको निर्णय, जिल्ला प्रशासन कार्यालयको सिफारिस तथा जिल्ला सुरक्षा समिति निर्णय समेत गृह मन्त्रालयमा पेश गरिएको उनले बताए।

sanke

मन्त्री श्रेष्ठले यो बर्ष नै प्रहरी चौकी स्थापनाका लागि पुर्ण पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको गृहमन्त्रालय पुगेका पाटन नगरपालिका नगर उपप्रमुख कमलसिह बोहरा (अपी) बताए ।

भेटका क्रममा पाटन नगरपालिका १ र ७ सहित जिल्लाको शान्ती सुरक्षाबारे समेत छलफल भएको माओवादी नेता तथा भुमि आयोग बैतडीका अध्यक्ष धर्मसिह ऐर (कपिल)ले बताए । प्रहरी नहुदाँ मदिराजन्य जथाभावी बेचविखनमा रोक लाग्ने र गाउँमा शान्ती सुरक्षा कायम हुने विस्वाश दिइएको स्थानीय शेरबहादुर चन्दले बताए ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!