डडेल्धुरा: घरको छतबाट लडेर एक महिलाको मृत्यु

डडेल्धुरा:

डडेल्धुरामा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने ४६ वर्षीया जानकीदेवी महरको मृत्यु भएको हो।

बुधबार साँझ छिमेकी घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएकी थिइन्। घाइतेपछि डडेल्धुरा अस्पतालमा लगिएकोमा त्यहाँबाट रेफर गरि धनगढी लग्दै गर्दा बाटोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

 

Leave A Reply

Your email address will not be published.