त्रिपुरेश्वरमा निर्माणाधिन मोटरेबल पुल छिटो सम्पन्न गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता

बैतडी:

भौतिक पुर्बाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले त्रिपुरेश्वर गाडमा छिटै मोटेरेबल पुल निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बैतडीको पाटन नगरपालिका-१ र ७ का नेता तथा अगुवाहरु मन्त्रीको ध्यानाकर्षण गर्न मन्त्रालय पुगेपछि मन्त्री ज्वालाले प्रतिबद्धता व्यक्त गरेको भुमी आयोगका अध्यक्ष धर्मसिह ऐर कपिलले बताए ।

पाटन- १ र ७ जोड्ने त्रिपुरेश्वर गाडमा मोटेरेबल पुल छिटो निमार्णका लागि भौतिक पुर्बाधार तथा यातायात मन्त्री ज्वालाको ध्यानाकर्षण गराउन आफुहरु मन्त्रालय पुगेको उनले बताए । पाटन नगरपालिका- १ सकार र ७ कैलपाल जोड्ने पुल बिगत लामो समयदेखि अलपत्र परेको भएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको भुमी आयोगका अध्यक्ष ऐरले बताए ।

१० बर्षदेखि मोटेरेबल पुल बन्न नसकेको प्रती आस्चर्य व्यक्त गर्दै उक्त पुलका बारेमा तत्काल उपयुक्त निर्णय लिएर समस्याको समाधान गर्ने र चाडै पुल निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरेको अध्यक्ष ऐरको भनाई छ । साथ मन्त्री ज्वालाले सडक विभागका डिजीलाई फोन गरेर यो बर्ष नसके ठेक्का रद्द गर्न समेत निर्देशन दिएको उनले बताए ।

पुल ८० प्रतिशत काम पुरा भईसकेको सडक डिभिजन पाटनले जनाएको छ । तर लामो सयमदेखी निमार्ण सम्पन्न नहुुदाँ यहाँका नागरिकले सास्ती खेप्न परिरहेका छन्।

आर्थिक वर्ष २०७१ भदौ १५ बाट निर्माण कार्य सुरु गरेर ३ वर्षभित्र निर्माण सम्पन्नको लक्ष्य राखिएको सो पुलको निर्माण कार्यले अहिलेसम्म पूर्णता पाउन सकेको छैन् ।

पुल नहुँदा वर्षातको मौसममा पाटन नगरपालिका तथा स्थानीय बजारमा आवाजजावत गर्न र खाद्यन्नका सामान ढुवानीका लागी घण्टौँ पैदल हिड्नुपर्ने कैलपाल सकारको स्थानीयहरुको बाध्यता रहेको छ । सडक सञ्जाल बिस्तार भएपनि वर्षातमा मोटरेबल पुलकै अभावका कारण गाडि चढ्न नपाएको स्थानीय प्रकाश विकले बताए ।

पाटन देखि वाड नं १ को सकार सम्म सडक सञ्जाल बिस्तार भएको छ । तर  वर्षातमा मोटरेबल पुलकै अभावका कारण आफुहरुले गाडि चढ्न नपाएका स्थानीय विकले बताए । निर्माण कम्पनी र सरकारका कारण सास्ती भोग्नु परेको स्थानीय विष्णु पाण्डेयले बताए  ।

२ करोड ९३ लाख ६७ हजार ८ सय ५५ रुपैँयाको लागतमा निर्माण भइरहेको पुल अझै सम्पन्न नहुँदा निर्माण कम्पनीका ठेकेदार र सडक डिभिजनको अहिले आलोचना भइरहेको छ । निर्माण कार्य प्रारम्भ गरेको लामो समयसम्म पुल निर्माण नहुँदा स्थानीय नागरिकहरु  पनि आक्रोशित बनेका छन् ।

Leave A Reply

Your email address will not be published.