अजयमेरुले सुरु गर्दै एक्सरे सेवा, पालिकामै हाडजोर्निको उपचार

ललित बोहरा,डडेल्धुरा:

डडेल्धुराको अजयमेरु गाउँपालिकाले एक्सरे सेवा सुरु गर्ने भएको छ । गाउँपालिकाको केन्द्र भद्रपुरमा रहेको भद्रपुर आधारभुत अस्पतालमा एक्सरे मेसिन जडान गर्न थालिएको अजयमेरु गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्ट (विकास) ले बताए ।

उनले भने, ‘समान्य हार्डजानीमा समस्या भएकाहरुले अब डडेल्धुरा, धनगढी जानु पर्दैन हामीले एक्सरे मेसिन खरिद गरेर सञ्चालनको अन्तिम तयारीमा छौ।,

भद्रपुर आधारभुत अस्पतालमा लामो समयदेखी एमविवीस डाक्टर महमहद अहमद साकिर राइनले सेवा दिएरहेका छन् । डा. राइनले नै अब हाडजोर्नि लगायतका एक्सरे आवश्यक हुने बिरामीलाई सेवा दिने अजयमेरु गाउँपालिका स्वास्थ्य शाखा संयोजक गणेश पालले बताए । उनले भने, ‘एक्सरे सेवा सुरु गर्ने अन्तिम तयारीमा छौ, समान्य हात, खुट्टा लगायतका हडीमा चोडपटक लागेकामा वा प्लाष्टर गर्न जिल्ला जानु पर्दैन यहाँ नै सेवा दिइने छ।’

अजयमेरु गाउँपालिकाले प्रत्येक ४५ मिनेटमा स्वास्थ्य संस्थामा पहुँच पुग्ने गरी स्वास्थ्य संस्थाहरु थप गरिसकेको अध्यक्ष भट्टले बताए । सामान्य चोटपटक लागेका डडेल्धुरा तथा धनगढी जानु पर्ने बाध्यता अब हट्ने भएको छ । अजयमेरु गाउँपालिकाले छ वटा स्वास्थ्य संस्थाबाट भिडियो एक्सरे र इसिजी सेवा प्रवाह गरिरहेको संयोजक पालले बताए ।
अध्यक्षको चाहना स्वस्थ र निरोगी जनता कार्यक्रम अन्तर्गत प्रत्येक महिना प्रत्येक टोलमा जनप्रतिनिधिसहित स्वास्थ्यकर्मी सेवा सुरु गरिसकेको संयोजक पालले बताए ।

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!