बैतडी सदरमुकाममा आगलागीबाट एक सुनचाँदी पसल ध्वस्त, लाखौंको क्षति

बैतडी :

बैतडी सदरमुकाम स्थित एक सुनचाँदी पसलमा शुक्रबार दिउँसो आगलागी हुँदा लाखौंको क्षति भएको छ । जिल्लाकाे दशरथचन्द नगरपालिका –४ शाहीलेक बजारस्थित शुभलक्ष्मी सुनचाँदी पसलमा गहना बनाउने क्रममा सिलिण्डरबाट लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

दिउँसो ४ बजेतिर सिलिण्डरबाट सल्केको आगो तेजावमा समेत सल्केको थियो । आगलागीका कारण पुरै पसल जलेर खरानी भएको सुनचाँदी पसलका सञ्चालक प्रदीप गहतराजले बताए । आगलागीबाट २० लाख बढीको क्षति भएको उनले बताए ।

पसलमा आगो सल्किदा स्थानीयले तुरुन्तै आगो निभाउन जुटेपछि छेउछाउका पसलमा आगो सल्कन नपाएको स्थानीय महेशदत्त भट्टले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणमा लिनका लागि दशरथचन्द नगरपालिकाको दमकल पनि प्रयोग गरिएको थियो ।

पसलमा आगलागी हुँदा पसल जलेर ध्वस्त भएको छ भने क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.