ललित बोहरा/पाटन: जथाभावी गाउँघरमा सडक निमार्णले कतै घर जोखिममा छन भने कतै पुरानो विकास निमार्ण नदेखिने गरी हराएका छन् ।
बर्षातमा ग्रामीण सडक पहिरोले अधिकाश बन्द छन् । सडक निमार्णको समय निमार्ण भएका अन्य संरचना मेटाउन गरी बनेका सडकले यहाँका जनतालाई उजाड बनाएको छ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ तिमलेमा सडक निमार्ण गरेको ६ बर्षसम्म सिचाँइ नहर भत्किएको पुनः निमार्ण भएको छैन् ।
अहिले तिमलेका जनतालाई सिचाँई गर्ने नहर र पोखरी रहयो न त सडकमा गाडी सञ्चालन भए । २०५२ सालमा निमार्ण भएको चाचर खोला सिचाइ योजनाबाट यहाँका ३० परिवार तरकारी खेती र धान रोपाई गर्ने गरेका थिए । तर अहिले सिचाई अभावले केही जमिन बाझो छोडिएको छ भने केहीमा मकै र गहु लगाउन गरिएको टोल बिकास समिती अध्यक्ष तथा स्थानीय कैलाश सिह ऐरले बताए ।
उनले भने, ‘सडकले नहरको केही राख्ने, ३० हजार लिटरको पोखरी बाझो भयो, तरकारी र धान लगाउन छोडीयो, सडकमा ठुलो गाडी सञ्चालन भएन्, उनले थपे, ‘न सडक बन्यो न नहर जोगीयो, ७४ साल चुनावपछि हामीले विपद् आउने डरले सताएको छ।’
नयाँ शहर आयोजना कार्यालय पाटनले सडकको ग्रडिङ नमिलाई निमार्ण गरेपछि सडक पनि राम्रो नभएको स्थानीय रामु ऐरले बताए । सडक पनि कफलचौडा पुगेर अलपत्र छ । ६ बर्ष पहिले सडक निमार्ण गर्ने ठेकेदार कम्पनीलाई सडकले भत्काएको नहर र पोखरी र्ममत गर्न अनुरोध गरेपनि ठेकेदारले वास्था नै नगरी सर्व नभएको ठाउँबाट सडक निमार्ण गरेको टोलविकास संस्थाका अध्यक्ष ऐरले बताए ।
उनले भने, ‘सडक सर्व गरेकै ठाउँबाट निमार्ण गरेन्, र्ममत त के गर्थो ठेकेदार कम्पनी ।’ नयाँ सहरमार्फत निमार्ण भएको सडकले भत्काएको नहर र पोखरी पुनः निमार्णका लागि उनले स्थानीय सरकारसंग माग गरेका छन् । नाली भएको ठाउँमा पाईप राखेमा पानी संचालन हुने र पोखरी भने पानी राखेर चेक गरेमा थाहा हुने स्थानीय प्रेम ऐरले बताए ।
सिचाई सुविधा नहुदाँ यहाँका नगरिकले तरकारी उत्पादन गर्नबाट बञ्चीत भएको छन् ।