डडेल्धुराः
डडेल्धुराको आलितालमा बेहोस अवस्थामा फेला परेका व्यक्तिको मृत्यु भएको छ।
उनी आलिताल गाउँपालिका–८ को घुम्ती नजिक डोला गाउँ जाने बाटोमा अन्दाजी ५५ वर्षका आलिताल ७ बस्ने रामदत्त भट्ट शुक्रवार बेहोस अवस्थामा फेला परेका थिए। भट्टलाई उपचारका लागि जोगबुडा अस्पताल पुगाइएको थियो।
जोगबुडा अस्पतालले उनलाई मृत घोषणा गरेको हो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।