डडेल्धुरा :
डडेल्धुराको परशुराममा एक युवकको सर्पको टोकाईबाट मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका (११ का डौणी बस्ने रघुविर सिह धामीका छोरा अन्दाजि १६ बर्षिया कृष्ण धामीको सर्पको टोकाईबाट मृत्यु भएको हो ।
गएराति करिब २ बजेको समयमा घरमा सुतिरहेको अबस्थामा सर्पले टोकेर धामीको मृत्यु भएको स्थानीय रामबहादुर कुवरले बताए । सर्पले टोकेपछि उनलाई धनगढी तर्फ अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।
धामी आलिताल गाउँपालिका ६ दोबाटामा रहेको सिद्धभगवति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत थिए ।