हराएको एक महिनापछि बैतडीका बालकको कंकाल भेटिए

बैतडी: 

हराएको एक महिनापछि बैतडीको पञ्चेश्वर गाउँपालिकाका माधव भट्टका छोराका १४ बर्षीय रमेश भट्टको कंकाल भेटीएको छ ।

गत साउन ७ गतेदेखि हराएका भट्टको कंकाल भेटिएको हो। जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ कनिना डाङ्गाका भट्टको कंकाल खानेपानीको लाइन मर्मतका लागि पुगेका स्थानीयले भेटाएका हुन् । गाउँपालिकाको वडा नम्बर ३ मड वल्या खोलाको खानेपानी ट्यांकी नजिक भट्टको शव फेला परेको हो ।

रमेशले प्रयोग गरेरका चप्पल र कपडाको आधारमा उनको कंकाल पहिचान भएको थियो । रमेशलाई जंगली जनावरले आक्रमण गरेर मारेको हुन सक्ने अनुमान गरिएको छ ।

घरबाट हराएका रमेश सुस्त मनस्थितीका थिए । हराएको दिन नै परिवारले रमेशको खोजीका लागि प्रहरीमा निवेदन समेत दिएको थियो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.