सुदूरपश्चिममा माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँड

बैतडी:

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पूर्ण बैठकले जिम्मेबारी बाँडफाँड गरेको छ । बैठकले केन्द्रको योजनाअनुसार सुरु हुन लागेको तीन महिने अभियानको लागि कार्यविभाजन गरेको हो । बैठकले जिल्ला इन्चार्जमा पनि हेरफेर गरेको छ ।

बैठकको निर्णय अनुसार बैतडी इन्चार्जमा रामप्रसाद तिमिल्सेनालाई तोकिएको छ भने दार्चुला इन्चार्जमा नरेन्द्र कुँवरलाई तोकिएको छ ।

sanke

यस्तै डडेल्धुरा इन्चार्जमा हरि ज्ञवाली, बझाङमा लालबहादुर सोडारी, बाजुरामा देवकी मल्ल, अछाममा ओमप्रकाश पुन, डोटीमा लक्ष्मीराम आचार्य, कैलाली इन्चार्जमा टेकेन्द्र भट्ट, र कञ्चनपुर इन्चार्जमा वीरमान चौधरीलाई तोकिएको छ ।

बैठकले अभियानका लागि खगराज भट्टलाई व्यवस्थापन कार्यालय समिति र ओम विक्रम भाटलाई प्रचार प्रसार कार्यालय समितिको जिम्मा दिएको छ ।

व्यवस्थापन समितिमा हरिराम चौधरी, त्रिलोचन भट्ट, झपट साउद र रमेश सिंह धामीसदस्य रहेका छन् । प्रचारप्रसार समितिमा दीपेन्द्र रावल, लोकबहादुर बोहरा, जनक बुढा र अंजीत श्रेष्ठ सदस्य रहेका छन्र ।

Leave A Reply

Your email address will not be published.