‘मेरा बाँज परदेश बाइग्या’ ठाडी भाका सार्वजनीक(भिडियोसहित)

बैतडी:

गायक तथा सर्जक विक्रम कुँवर (प्रतीक)को ‘मेरा बाँज परदेश बाइग्या’बोलको ठाडी भाका बजारमा आएको छ । विक्रम कुँवर प्रतिक युट्युब च्यानलबाट उक्त ठाडी भाका बिहीबार सार्वजनिक गरिएको हो ।

बैतडीको पुर्चौंडी नगरपालिका कुवाकोट घर भएका कुँवरले पछिल्लो समय बजारमा ल्याएको ठाडी भाकामा रोजगारीका लागि परदेश गएकाहरुको पीडा समेटिएको छ ।

उक्त गीतमा कुँवरको शब्द,लय र स्वर रहेको छ भने स्वरमा गायिक धर्मा बोहरा (भावना)ले साथ दिएकी छन् । दिपक संगम विसी एरेन्जर रहेको गीतको निर्देशन भीम थापाले गरेका छन् । गीतमा उर्मिला कुँवर र ललित साउँदको अभिनय रहेको छ ।

माओवादी निकट जनसाँस्कृतिक महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज समेत रहेका कुँवरले यसअघि पनि झुपडीका आवाज,पुर्चौंडी घुमौला,मान्छे मान्छे बिचको भेदभाव ,जाउ है साथी र लिपुलेक हाम्रै हो लगायतका दर्जन बढी गीत बजारमा ल्याइसकेका छन् ।

युट्युब लिंक 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.