बैतडी:
महाकाली नदी मा बगेर बाबु–छोरा बेपत्ता भएका छन् । नेपालसंगको सीमा जोडिएको भारतको झुलाघाट निवासी ३९ बर्षीय सन्तोष चन्द र उनका ५ बर्षीय छोरा महाकालीमा बगेर बेपत्ता भएका हुन् । बेपत्ता बालकको भने नाम खुल्न सकेको छैन् ।
भारतीय क्षेत्रतर्फ महाकाली नदी किनारमा ट्युबसहित पौडी खेलीरहेका दुवै जना बुवा–छोरा शुक्रबार दिउँसो बगेर बेपत्ता भएका सीमा प्रहरीचौकी झुलाघाटका इन्चार्ज प्रहरी सहायक निरीक्षक जयसिंह भाटले जानकारी दिए ।
उर्लदो महाकालीको किनारमा पौडी खेलीरहेका उनीहरुलाई नदीले बगाएको हो । उनीहरु नदी किनारमा पौडी खेल्न किन गए भन्ने बिषयमा भने जानकारी नभएको प्रहरी सहायक निरीक्षक भाटले बताए ।
घटना भारततर्फ भएकाले थप जानकारी भने नभएको र बेपत्ताको खोजीमा भारतीय प्रहरी जुटेको जानकारी आएको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ ।