सर्पको टोकाइबाट बैतडीका एक जनाको भारतमा मृत्यु

बैतडी:

सर्पको टोकाइबाट बैतडीका एक जनाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका घर भएका एक पुरुषको सर्पको टोकाइबाट भारतको दिल्लीमा मृत्यु भएको हो।

जिल्लाको सिगास गाउँपालिका –६ थलाकाँडा (ठुलसैनी) घर भएका पदम सिह धामीको रोजगारीको शिलशिलामा भारतको दिल्लीमा निधन भएको छ। विगत तीन वर्षदेखि कामको शिलशिलामा भारतको दिल्लीमा रहेका धामीको सर्पको टोकाइबाट मृत्यु भएको आफन्तले बताएका छन्। सुतिरहेको बेला सर्पले टोकेपछि उनको ज्यान भएको आफन्तले बताएका छन्।

मृतक धामीका २ छोरी ३ छोरा र श्रीमती रहेका छन् । रोजगारीको शिलशिलामा परिवारको सपना बोकेका पदम सिह धामी समग्र गाउँ सहित परिवार शोकमा डुवेको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!