माओवादी केन्द्रको प्रदेश सदस्यमा बैतडीबाट थप ७ जनाद्धारा सपथ ग्रहण

बैतडी:

नेकपा माओवादी केन्द्रको सुदूपश्चिम प्रदेश कमिटि सदस्यमा बैतडीबाट थप ७ जना चयन भएका छन।

नयाँ प्रदेश समिटी सदस्यमा दमन कुवँर, कमल सिह बोहरा, रामसिह बिष्ट, दलबहादुर धामी, चनुदेव जोशी, भीमबहादुर चन्द र मदन ओड रहेका छन् । प्रदेश कमिटीको पूर्ण बैंठकले मनोनीत गरेका ७ जनालाई शनिबार पाटनमा आयोजीत एक औपचारीक कार्यक्रममा सथप ग्रहण गरेका छन् ।

sanke

उनीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बैतडी इन्र्चाज नरेन्द्र बहादुर कुवँर(बिजयसुन्दर) ले सपथ ग्रहण गराएका हुन् ।

शनिबार नै पाटनमा आयोजीत बैतडी जिल्लाबाट प्रदेश कमिटीमा रहेका सदस्य तथा प्रदेश सचिवालय सदस्यहरुको बैठकलाई सम्बोधन गरेको माओवादी केन्द्र जिल्ला समन्वय समिती संयोजक शंकर भण्डारीले बताए ।

यस्तै अर्जुन राना सुमन, रामसिह साउँद, टेकेन्द्र विक, आनन्द बोहरा, धनबहादुर बोहरा, लोकमणी भट्ट प्रदेश कमिटी सल्लाकारमा चयन भएको संयोजक भण्डारीले बताए । आईतबार नेकपा माओवादी केन्द्र बैतडी जिल्ला समन्वय समितीको बैठक पाटनमै बस्ने प्रदेश कमिटी सदस्य कमल सिह बोहराले बताए ।

Leave A Reply

Your email address will not be published.