बैतडी:
बैतडीमा माओवादी केन्द्रको बिशेष रुपान्तरण अभियान सुरु भएको छ । “घर घरमा माओवादी जनजनमा माओवादी” बिशेष रुपान्तरण अभियान अन्तरगत आईतबार जिल्ला समन्वय समिति बैठक सम्पन्न गरिएको हो । पाटनमा जिल्लाको बैठक सम्पन्न भएको माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक शंकर भण्डारीले बताएका छन् । यहि भाद्र महिनाको १६ गते देखि मङ्सिर १५ गतेसम्म ३ महिने अभियान देशैभर एकसाथ सुरुवात हुँदैछ। यहीँ अभियान अन्तर्गत पुर्व तयारीकै क्रममा (नेपाल कम्युनिस्ट पार्टी) माओवादी केन्द्रले जिल्लामा समन्वय समितिको बैठक गरेको संयोजक भण्डारीले बताए ।
यसैगरी अभियानलाई ससक्त बनाउनको लागि पालिका प्रतिनिधि पनि तोकिएका छन् । माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका नेताहरुलाई ३ महिने विशेष अभियानका पालिका प्रतिनधिको रुपमा तोकिएको हो ।
कुन पालिका प्रतिनिधि को ?
बैतडीको पुर्चौडी नगरपालिका सहित डिलासैनी गाउँपालिका –४ र दोगडाकेदार गाउँपाकिलाका–८का लागि माया नेगी, सिगास गाउँपालिकाका लागि गणेश खत्री, पाटन नगरपालिकाका लागि मन्जु बम, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिका–२,३ र ७ का लागि मानबहादुर धामी, डिलासैनी गाउँपालिका–४ बाहेक र दोगडाकेदार–१,४,५ र ६का लागि मानसिंह माल, दशरथचन्द नगरपालिकाका लागि भरत धानुक, मेलौली नगरपालिका र शिवनाथ- ५ का लागि राम प्रशाद तिमल्सिना, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका लागि भक्तबहादुर बिक र नन्दसिंह धामीलाई पालिका प्रतिनिधिको रुपमा खटाएको संयोजक भण्डारीले बताए ।