डडेल्धुरामा माओवादीको बिशेष रुपान्तरण अभियान सुरु

बैतडी:  डडेल्धुरामा माओवादी केन्द्रको बिशेष रुपान्तरण अभियान सुरु भएको छ ।

घर घरमा माओवादी जनजनमा माओवादी बिशेष रुपान्तरण अभियान अन्तरगत आईतबार जिल्ला समन्वय समिति बैठक सम्पन्न गरिएको हो ।

जिल्लाको अमरगढीमा बैठक सम्पन्न भएको माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक उमेशप्रशाद भट्ट विकाशले बताएका छन् ।

यहि भाद्र महिनाको १६ गते देखि मङ्सिर १५ गतेसम्म ३ महिने अभियान देशैभर एकसाथ सुरुवात हुँदैछ। यहीँ अभियान अन्तर्गत पुर्व तयारीकै क्रममा माओवादी केन्द्रले जिल्लामा समन्वय समितिको बैठक गरेको संयोजक भट्टले बताए ।

यसैगरी अभियानलाई शसक्त बनाउनको लागि पालिका प्रतिनिधि पनि तोकिएका छन् । माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका नेताहरुलाई ३ महिने विशेष अभियानका पालिका प्रतिनधिको रुपमा तोकिएको हो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.